नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमले लगातार दोस्रो विकेट गुमायो, भण्डारी आउट
शनिबार, ०६ पुस २०८१, १३ : ३१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । विनोद भण्डारी ४१ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका ललित राजवंशलीले विकेट लिन सफल भए । १२.२ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।