विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
काठमाडौँ । आफ्ना स्टार खेलाडी बुकायो साका घाइते भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा चिन्तामा परेका छन् । यो सिजन आर्सनल इङ्लिस प्रिमियर लिग उपाधिको दौडमा छ । त्यसैले पनि आफ्ना प्रभावशाली विंगर घाइते भएपछि प्रशिक्षक आर्टेटा चिन्तित बनेका हुन् ।
२३ वर्षीय साका इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । आर्सनल र क्रिस्टल प्यालेसबिच शनिबार राति खेलिएको खेलका क्रममा साका घाइते भएका थिए । उनको समस्या कुन स्तरको हो र उनी कहिले मैदानमा फर्कन्छन् भन्ने कुरा अझै अन्योलमा छ ।
प्रिमियर लिग अन्तर्गतको उक्त खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई उसैको घरेलु मैदानमा ५–१ गोलले हराएको थियो । खेल सुरु भएको २४ औँ मिनेटमा साका घाइते भई मैदानबाट बाहिरिएका थिए । ‘ह्यामस्ट्रिङ’ समस्याका कारण उनी मैदानबाट बाहिरिएका थिए ।
‘उनको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनको समस्या कुन स्तरको हो भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । आशा गरौँ, उनी छिट्टै मैदानमा फर्कने छन्,’ प्रमुख प्रशिक्षक आर्टेटाले भनेका छन् ।
प्रिमियर लिग तालिकामा हालसम्म १५ खेल खेलेको लिभरपुल ३६ अंकसहित पहिलो स्थानमा छ । १६ खेल खेलेको चेल्सी ३४ अंकसहित दोस्रो स्थानमा आसिन छ । १७ खेल सकेको आर्सनल भने ३३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । टोलीका अर्का विंगर रहिम स्टर्लिङ पनि घाइते भएकाले प्रशिक्षक आर्टेटा थप चिन्तित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण