विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता

काठमाडौँ । आफ्ना स्टार खेलाडी बुकायो साका घाइते भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा चिन्तामा परेका छन् । यो सिजन आर्सनल इङ्लिस प्रिमियर लिग उपाधिको दौडमा छ । त्यसैले पनि आफ्ना प्रभावशाली विंगर घाइते भएपछि प्रशिक्षक आर्टेटा चिन्तित बनेका हुन् ।
२३ वर्षीय साका इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । आर्सनल र क्रिस्टल प्यालेसबिच शनिबार राति खेलिएको खेलका क्रममा साका घाइते भएका थिए । उनको समस्या कुन स्तरको हो र उनी कहिले मैदानमा फर्कन्छन् भन्ने कुरा अझै अन्योलमा छ ।
प्रिमियर लिग अन्तर्गतको उक्त खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई उसैको घरेलु मैदानमा ५–१ गोलले हराएको थियो । खेल सुरु भएको २४ औँ मिनेटमा साका घाइते भई मैदानबाट बाहिरिएका थिए । ‘ह्यामस्ट्रिङ’ समस्याका कारण उनी मैदानबाट बाहिरिएका थिए ।
‘उनको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनको समस्या कुन स्तरको हो भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । आशा गरौँ, उनी छिट्टै मैदानमा फर्कने छन्,’ प्रमुख प्रशिक्षक आर्टेटाले भनेका छन् ।
प्रिमियर लिग तालिकामा हालसम्म १५ खेल खेलेको लिभरपुल ३६ अंकसहित पहिलो स्थानमा छ । १६ खेल खेलेको चेल्सी ३४ अंकसहित दोस्रो स्थानमा आसिन छ । १७ खेल सकेको आर्सनल भने ३३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । टोलीका अर्का विंगर रहिम स्टर्लिङ पनि घाइते भएकाले प्रशिक्षक आर्टेटा थप चिन्तित बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट