लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
सोमबार, ०८ पुस २०८१, ०१ : ५३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको यात्रालाई थप बलियो बनाएको छ । आइतबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई ६-३ गोल अन्तरले हराउँलै लिभरपुलले शीर्षस्थानको यात्रालाई थप बलियो बनाएको हो ।
दोस्रोस्थानको चेल्सी गोल रहित बराबरीमा रोकिएको फाइदा समेत लिभरपुलले उठाएको छ । अब दोस्रो स्थानको चेल्सीसँग लिभरपुलको अंकदुरी ४ अंक फरक परेको छ ।
अवे मैदानमा लिभरपुललाई विजयी गराउन लुइस डाएज र मोहम्मद सालाहले समान दुई-दुई गोलको योगदान दिए । यस्तै, एलेक्सिस म्याक एलिस्टर र डोमिनिक स्जोबोस्जलाईले एक-एक गोल गरे ।
उता, टोटनह्यामका डेजन कुलुसेब्स्की, डोमिनिक सोलंकी र वेम्स म्याडिसनले गोल फर्काए । यो हारले टोटनह्याम ११ औं नम्बरतिर ओर्लिएको छ । उसको १७ खेलबाट २३ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण