कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १० औँ बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यान्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिएका हुन् ।
बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तह मार्फत कानुन तथा कार्यविधि बनाइ लागू गर्न आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गरे । मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना बनाउन आवश्यक रहको बताए । विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।
बैठकमा सातै प्रदेशका कृषि सँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्थाबारे प्रस्तुति दिएका थिए । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष , गाउँपालिका महासंघका अध्यक्ष , मन्त्रालयका सचिव , सह–सचिव, प्रदेश कृषि सचिवहरू सँगै आयोजना प्रमुख , महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण