चिदो चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको मृत्यु
सोमबार, ०८ पुस २०८१, १० : ५५
मोजाम्बिक । चिदो चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको मृत्यु भएको छ । गएको हप्ता चक्रवातका कारण पहिरो गराएयता आइतबारसम्म त्यहाँ मर्नेको संख्या बढेर सो स्तरमा पुगेको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्था ‘आईएनजीडी’का अनुसार चक्रवातको चपेटामा परेर ७६८ जना घाइते भएका छन् भने अरू ६ लाख २२ हजार जना प्रभावित भएका छन् ।
चिदो चक्रवात डिसेम्बर १५ मा मोजाम्बिक पुगेको थियो । त्यतिबेला यो प्रतिघन्टा २६० किमिका दरले अगाडि बढिरहेको थियो । चक्रवात पुगेको पहिलो २४ घन्टामा त्यहाँ २५० एमएमको वर्षा भएको थियो ।
चिदो चक्रवातले मोजाम्बिक अघि फ्रान्सको मायोट क्षेत्रमा वितण्डा मच्चाएको थियो । त्यसपछि यसले मोजाम्बिक, मालावी हुँदै जिम्बाबेसम्म कहर मच्चाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण