शून्यमा झरेको छैन डेंगु, सतर्क रहन आग्रह

काठमाडौँ । जाडो बढे पनि डेंगु सङ्क्रमण शून्यमा नझरेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जाडो बढे पनि डेंगुको सङ्क्रमण महिना दिनमा २ सय जनाभन्दा कमलाई पुष्टि भइरहेको छ ।
जाडो याममा पनि तराई क्षेत्रबाट डेंगु सङ्क्रमित मासिक २ सय जनाको रिपोर्ट भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । ‘जाडो भए पनि सङ्क्रमित लामखुट्टेले डेंगु सारिरहेको छ’ उनले भने– ‘दैनिक कम छ, मासिक १५० देखि २०० जनाको हराहरीमा डेंगु सङ्क्रमण देखिएको छ ।’
जाडोयाम भए पनि डेंगुको जोखिम कायम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन घिमिरेको सुझाव छ । नेपालमा यो वर्ष (सन् २०२३ ) मा ३४ हजार ३८५ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यसबाट १३ जनाको मृत्यु भएको छ । देशभरका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको थियो । पछिल्लो समय तराई क्षेत्रकमा केही जिल्लाबाट डेंगु सङ्क्रमणको रिपोर्ट भइरहेको डा.घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण