शून्यमा झरेको छैन डेंगु, सतर्क रहन आग्रह
काठमाडौँ । जाडो बढे पनि डेंगु सङ्क्रमण शून्यमा नझरेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जाडो बढे पनि डेंगुको सङ्क्रमण महिना दिनमा २ सय जनाभन्दा कमलाई पुष्टि भइरहेको छ ।
जाडो याममा पनि तराई क्षेत्रबाट डेंगु सङ्क्रमित मासिक २ सय जनाको रिपोर्ट भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । ‘जाडो भए पनि सङ्क्रमित लामखुट्टेले डेंगु सारिरहेको छ’ उनले भने– ‘दैनिक कम छ, मासिक १५० देखि २०० जनाको हराहरीमा डेंगु सङ्क्रमण देखिएको छ ।’
जाडोयाम भए पनि डेंगुको जोखिम कायम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन घिमिरेको सुझाव छ । नेपालमा यो वर्ष (सन् २०२३ ) मा ३४ हजार ३८५ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यसबाट १३ जनाको मृत्यु भएको छ । देशभरका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको थियो । पछिल्लो समय तराई क्षेत्रकमा केही जिल्लाबाट डेंगु सङ्क्रमणको रिपोर्ट भइरहेको डा.घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण