शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित
नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर मोहम्मद शामी अस्ट्रेलिया बोर्डर-गावस्कर ट्रफी (बीजीटी) खेल्न नपाउने भएका छन् । बीसीसीआईको मेडिकल टोलीले उनलाई अझै फिट घोषणा गरेको छैन ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सोमबार जारी गरेको विज्ञप्तिमा दायाँ खुट्टाको शल्यक्रियापछि उनी उक्त समस्याबाट निको भइसके पनि बायाँ घुँडा सुन्निएको बताइएको छ । यसलाई निको हुन समय लाग्छ ।
यसअघि डिसेम्बर ४ मा भारतीय चयनकर्ताले राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का फिजियो नितिन पटेलसँग मोहम्मद शमीको फिटनेस रिपोर्ट मागेका थिए। पटेल सैयद मुश्ताक प्रतियोगितामा आफ्नो फिटनेसमा नजर राख्न बंगालको टोलीसँग थिए।
बीसीसीआईले भन्यो, ‘शमीले शल्यक्रिया पछि म्याच फिटनेस हासिल गर्न सक्दो प्रयास गरे। उनले नोभेम्बरमा मध्य प्रदेशविरुद्धको रणजी खेलमा बंगालका लागि खेलेका थिए। उनले कूल ४३ ओभर बलिङ गरेका थिए । लगातार म्याच खेल्दा शमीको बायाँ घुँडा सुन्निएको छ । बीसीसीआईको मेडिकल टोलीले उनलाई यसबाट निको हुन समय लाग्ने र बोर्डर-गावस्कर ट्रफीका बाँकी दुई टेस्टका लागि उनी फिट नभएको स्वीकार गरेको छ।’
शमीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय विश्वकपको फाइनलमा खेलेका थिए। शमी यसै वर्ष जनवरीमा इङ्ल्यान्ड गए र आफ्नो घुँडाको शल्यक्रिया गराए । उनले पछिल्लो केही महिना बैंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्वासमा बिताएका थिए।
उनले भारतका लागि ६४ टेस्ट खेलेका छन् । शमीको नाममा २ सय २९ टेस्ट विकेट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण