शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित

नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर मोहम्मद शामी अस्ट्रेलिया बोर्डर-गावस्कर ट्रफी (बीजीटी) खेल्न नपाउने भएका छन् । बीसीसीआईको मेडिकल टोलीले उनलाई अझै फिट घोषणा गरेको छैन ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सोमबार जारी गरेको विज्ञप्तिमा दायाँ खुट्टाको शल्यक्रियापछि उनी उक्त समस्याबाट निको भइसके पनि बायाँ घुँडा सुन्निएको बताइएको छ । यसलाई निको हुन समय लाग्छ ।
यसअघि डिसेम्बर ४ मा भारतीय चयनकर्ताले राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का फिजियो नितिन पटेलसँग मोहम्मद शमीको फिटनेस रिपोर्ट मागेका थिए। पटेल सैयद मुश्ताक प्रतियोगितामा आफ्नो फिटनेसमा नजर राख्न बंगालको टोलीसँग थिए।
बीसीसीआईले भन्यो, ‘शमीले शल्यक्रिया पछि म्याच फिटनेस हासिल गर्न सक्दो प्रयास गरे। उनले नोभेम्बरमा मध्य प्रदेशविरुद्धको रणजी खेलमा बंगालका लागि खेलेका थिए। उनले कूल ४३ ओभर बलिङ गरेका थिए । लगातार म्याच खेल्दा शमीको बायाँ घुँडा सुन्निएको छ । बीसीसीआईको मेडिकल टोलीले उनलाई यसबाट निको हुन समय लाग्ने र बोर्डर-गावस्कर ट्रफीका बाँकी दुई टेस्टका लागि उनी फिट नभएको स्वीकार गरेको छ।’
शमीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय विश्वकपको फाइनलमा खेलेका थिए। शमी यसै वर्ष जनवरीमा इङ्ल्यान्ड गए र आफ्नो घुँडाको शल्यक्रिया गराए । उनले पछिल्लो केही महिना बैंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्वासमा बिताएका थिए।
उनले भारतका लागि ६४ टेस्ट खेलेका छन् । शमीको नाममा २ सय २९ टेस्ट विकेट छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असई कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
-
चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
-
विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट
-
मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य
-
बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ