एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन १९ पुसदेखि
मङ्गलबार, ०९ पुस २०८१, १० : २६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए । पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?