रवि लामिछानेको सांसद पद निलम्बनबारे कानुन अध्ययन गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा जुटेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले कानुनले गरेको व्यवस्थाबारे सांसद सोविता गौतम नेतृत्वको कानुन समितिले अध्ययन गरिरहेको भन्दै अध्ययनपछि के गर्ने भन्ने निर्णयमा पुगिने भएपनि अहिले कुनै निर्णय भइनसकेको जानकारी दिए ।
सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम सांसद पदबाट निलम्बन गर्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बन भएको सूचना सोमबार निकालेको छ । यसअघि रास्वपा सांसदले लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।
‘माननीय सोविता गौतमको नेतृत्वमा पार्टीको कानुन विभाग छ । उसले जिम्मेवारी लिएको छ’, नेता झाले भने, ‘तर हाम्रो अहिलेको प्राथमिकता भनेको सभापतिजीको बयान र बहस भइरहेको छ त्यो प्राथमिकता हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण