१ रुपैयाँमा प्रेम गीत–३ हेर्न पाइने
बुधबार, १० पुस २०८१, १४ : ४६

काठमाडौँ । नेपाल टेलिकमको प्लेटफममार्फत प्रेम गीत–३ हेर्न सकिने भएको छ । टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमै नेपाली कथानक चलचित्र प्रेम गीत–३ हेर्न सकिने भएको हो ।
जसअनुसार पुस १३ गते शनिबार एक दिन सबै चलचित्र प्रेमीहरूले साथीभाइका साथै परिवारसँग बसेर १ रुपैयाँमै फिल्म हेर्न सक्ने व्यवस्था मिलाएकाले सो मौका नगुमाउन टेलिकमले फेसबुकपेजमार्फत अनुरोध गरेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ । यो फिल्म केही अघि हलमा भने प्रदर्शन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा