अल्लु अर्जुन र पुष्पा २ का निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड रुपैयाँ दिने
हैदराबाद । ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएका महिला र उनका घाइते छोरालाई २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ । अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै पूर्णरुपमा निको होस् भन्ने कामना गर्दछु।"
उनले थप भने, ‘परिवार र बच्चालाई सहयोग गर्न हामीले २ करोड रुपैयाँ दिने निर्णय गरेका छौँ । १ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्।’
फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताउनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण