मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे, दंगा हुँदा ३३ जना मारिए, १५ घाइते
बिहीबार, ११ पुस २०८१, ०४ : १८
काठमाडौं । मोजाम्बिकको राजधानीस्थित एक जेलभित्र भएको संदिग्ध दंगामा ३३ जना मारिएका छतन् भने १५ जना घाइते भएका छन् । दंगाको मौका छोपेर १५ सय जनाभन्दा बढी कैदी भने भागेका छन् ।
प्रहरीका उच्च अधिकारी बर्नार्डिनो राफेलका अनुसार मापुटोको जेलबाट भागेकामध्ये १५० कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । मोजाम्बिकमा अक्टुबरको विवादित चुनावलाई लिएर यतिबेला अशान्त छ । जसले लामो समयदेखि सत्तारुढ पार्टी फ्रिलिमोको सत्तामा रहिरहने म्यान्डेड दिएको छ । विपक्षीहरुले भने चुनावमा धाँधली भएको जिकिर गरेका छन् ।
प्रहरीले जेलभित्र दंगा हुनुको मुख्य जिम्मेवार बाहिर भइरहेको विरोध प्रदर्शन गरेको बताएको छ । तर, न्यायमन्त्री हेलेना किडाले स्थानीय सञ्चारमाध्यमसँग अशान्ति जेलभित्रै सुरु भएको थियो र जसको बाहिरको प्रदर्शनसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण