पीडितको परिवारलाई पुष्पा–२ को टिमले दियो २ करोड भारु
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा–२ः द रुल’को हैदरावादमा स्क्रिनिङका क्रममा भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई पुष्पा फिल्मको टोलीले २ करोड रुपैयाँ सहयोग गरेको छ ।
अल्लु अर्जुनले पीडितको परिवारलाई १ करोड भारु दिएको अल्लु अर्जुनका पिताले बताए । पुष्पाका निर्देशक सुकुमार र मैत्रेयी प्रोडक्सन हाउसले पनि अर्को ५०/५० लाख भारु दिएको पनि उनले बताए ।
तेलंगाना कांग्रेसका विधायक भूपति रेड्डीले भने अभिनेता अल्लु अर्जुनलाई चेतावनी दिएका छन् । सीएम रेवन्त रेड्डीविरुद्ध कुनै पनि प्रकारको आलोचना नसहने उनले बताए । यदि अल्लु अर्जुनले सीएम रेड्डीमाथि टिप्पणी गरे भने उनको फिल्म राज्यमा रिलिज हुन नदिइने उनको भनाइ थियो ।
४ डिसेम्बरमा फिल्म पुष्प–२ को विशेष शोका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । सन्ध्या थिएटरमा जे भयो त्यो सामान्य दुर्घटना भएको डिसेम्बर १ मा अल्लुले बताएका थिए । अल्लुको यो बयानलाई लिएर कांग्रेस विधायकले मंगलबार उनलाई चेतावनी दिएका छन् ।
पुष्पा समाजलाई फाइदा हुने फिल्म होइन – भूपति रेड्डी
आन्ध्र निवासी अल्लु अर्जुन कामका लागि मात्र तेलंगाना आएकोअनि उनले तेलंगानामा कुनै महत्वपूर्ण योगदान नदिएको भूपतिले बताए । त्यसैले राज्य सरकारबारे टिप्पणी गर्दा उनी होसियार हुनुपर्ने उनको भनाइ थियो । पुष्पा समाजको हितमा बनेको फिल्म नभएर तस्करको कथा भएको पनि उनले बताए ।
मुद्दा फिर्ता लिन तयार छन् पीडितका श्रीमान्
भागदौडमा मारिएकी महिलाका पति भास्कर अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार छन् । यस घटनामा उनी अल्लु अर्जुनलाई दोषी मान्दैनन् । एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेताबाट पूर्ण सहयोग पाएको बताए । घटनाको भोलिपल्टदेखि अल्लुले आफूहरूलाई साथ दिइरहेको र यो दुर्घटना आफूहरूको दुर्भाग्य भएको उनले बताएका थिए । भास्करका ८ वर्षको छोरा अस्पतालमा छन् । उनी विगत २० दिनदेखि कोमामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण