नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
सोल । सन् २०२१ मा दक्षिण कोरियाली थ्रिलर स्कुइड गेम्स नेटफ्लिक्समा आउँदा संसारकै ध्यान यो शोप्रति गएको थियो । अमेरिकामा नेटफ्लिक्समा नम्बर वान बन्ने यो पहिलो कोरियाली ड्रामा थियो ।
यति मात्रै होइन बेलायत र अस्ट्रेलिया समेतका अरू ९४ देशमा पनि यो नम्बर वमन थियो । आलोचक र दर्शक दुबैमाझ यो शो चर्चित रह्यो । पहिलो सिजनको जस्तो ‘सरप्राइज’ फ्याक्टर त यसमा छैन । तर यसमा दर्शकलाई तान्ने अझै कयौँ चिज छन् ।
स्कुइड गेमको पहिलो सिजन रोचक मोडमा सकिएको थियो । सो सिजनमा जंग–जेले निर्वाह गरेको पात्र ‘जी हुन’ले गेम जितेका थिए । पहिलो सिजन क्लिफह्याङ्गरमा समाप्त भएको थियो । जी हुनले यस भयावह खेलका पछाडि रहेका मास्टरमाइन्डसँग बदला लिने कसम खाएका थिए । यस खेलमा हार्नु भनेको मृत्यु हो । पहिलो सिजनको उत्कृष्ट सफलतापछि मेकरहरूले आज दोस्रो सिजन रिलिज गरेका छन् । स्कुइड गेमको नयाँ सिजनमा दर्शकहरूले यी चिज आशा गर्न सक्छन्:
–स्क्विड गेमको नयाँ सिजनमा गि–हुन (खेलाडी ४५६)को रूपमा फर्किनेछन् । यो सिजनमा यिम सि–वान, पार्क सुङ–हुन, र कांग हा–न्यूलसहितका नयाँ कलाकारहरू थपिएका छन् ।
–वाइ हा–जुनले जासूस ह्वाङ जुन–होको आफ्नो भूमिकालाई दोहोर्याएका छन् । अघिल्लो सिजनमा यी पात्र मृत्युबाट भाग्यले बाँचेका थिए ।
–रहस्यमयी फ्रन्ट म्यानको रूपमा ली ब्युङ–हुनलाई देख्न पाइनेछ । उनले भयावह र घातक खेलको सञ्चालन जारी राख्नेछन् ।
–पहिलो सिजनमा छोटो भूमिकामा देखिएका गोंग यु नयाँ सिजनमा रिक्रुइटरको रुपमा लामो भूमिकामा देखिने आशा गरिएको छ । यो सिजनमा उनको विगतको कहानी पनि थाहा हुन्छ कि ?
–नयाँ सिजनमा स्कुइड गेम्समा अझ खतरनाक खेलहरू हुनेछ । जसले खेलाडीहरूलाई अन्तिम बाजी लगाउन बाध्य पार्नेछ । खेलले खेलाडीहरूको शारीरिक र मानसिक क्षमताको मात्र होइन उनीहरूको नैतिकताको पनि परीक्षण गर्नेछ ।
–प्रतियोगीहरूले थप कठिन चुनौतीहरूको सामना गर्नेछन् । यसका कारण उनीहरू हृदय विदारक निर्णयहरू लिन बाध्य हुनेछन् भने शोमा मनोवैज्ञानिक ससस्पेन्स बढ्नेछ ।
– शोमा ‘रेड लाइट, ग्रीन लाइट’ खेल दोहोरिने त पक्का भइसक्यो । तर यसमा अरू के कस्ता खेल छन् भन्ने कुरा लुकाइएको छ ।
–नयाँ सिजनमा खेलाडीहरूले खेलकुदको मनोवैज्ञानिक तनाव मात्रै नभएर आफ्नो निर्णयको परिणति पनि भोग्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण