‘ऊनको स्वीटर’ले कौडा भाकामा ल्यायो नयाँ गीत ‘मखमली’
काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । ‘कौडा/चुट्का’मा आधारित गीतमा जीवनका विभिन्न भावनाहरू, प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले समेटिएको छ ।
गीतले अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबिचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका यो फिल्ममा पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । फिल्म पनि पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको हो ।
गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर, हर्क साउदको शब्द, गायक चापागाईँकै सङ्गीत छ । दीप गुरुङले कोरियोग्राफी रहेको गीतमा अभिनेता विल्सन विक्रम राई समेत देखिएका छन् ।
आगामी वैशाख २६ गते रिलिज हुने फिल्ममा विपिन र मिरुनाको अलवा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय छ ।
नवीन चौहानले निर्देशन गरेको फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । फिल्मको वितरण काफिया फिल्म्स प्रा.लि.र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण