अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
काठमाडौँ । सेन्चुरियनमा अहिले पाकिस्तान र दक्षिण अफ्रिकाबिच पहिलो टेस्ट चलिरहेको छ । पहिलो टेस्टको पहिलो दिन बिहीबार पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा केवल दुई सय ११ रन बनाउँदै अलआउट भएको थियो ।
पाकिस्तानका लागि कमरन घुलम (५४ रन) वाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । पूर्वकप्तान समेत रहेका अनुभवी ब्याट्सम्यान बाबर आजम पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
तर, त्यो खेलमा चार रन बनाएर नै बाबर आजमले विश्व क्रिकेटमा एउटा गतिलो कीर्तिमान रचेका छन् । उनी विश्व क्रिकेटमा यस्तो कीर्तिमान बनाउन तेस्रो खेलाडीका रुपमा दरिन पुगेका छन् । ३० वर्षीय बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेटको तीनवटै ढाँचामा चार हजार रन पुरा गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बनेका हुन् । यसअघि टेस्ट क्रिकेटमा मात्र उनको चार हजार रन पुगेको थिएन ।
तर, दक्षिण अफ्रिकाविरुद्ध चार रन बनाएसँगै टेस्ट क्रिकेटमा उनको रन संख्या चार हजार एक पुगेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रियमा भने उनले यसअघि नै चार हजार रन पुरा गरिसकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनले हालसम्म कुल पाँच हजार नौ सय ५७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनले हालसम्म कुल चार हजार दुई सय २३ रन जोडिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटको तीनवटै ढाँचामा चार हजार रन पुरा गर्ने अन्य दुई खेलाडी भने भारतका विराट कोहली र रोहित शर्मा हुन् ।
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो दिनको खेल सकिँदासम्म पाकिस्तान एक सय २९ रनले अगाडि छ । पहिलो दिनको खेल सकिँदासम्म दक्षिण अफ्रिकाले पहिलो पालीमा तीन विकेट गुमाएर ८२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026