त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तोके भैरहवा र पोखरा विमानस्थल चल्छन् : महानिर्देशक अधिकारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै उनले यस्तो बताएका हुन् ।
महानिर्देशक अधिकारीले सरकारले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तोक्न नसक्दा समस्या भएको बताए । उनले भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल एकै पटक चल्नसक्ने अवस्था नभएको बताए ।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्ने दाबी गर्दै क्षमता तोक्न आवश्यक रहेको बताए । उनले तीन वटै विमानस्थल चल्दा काठमाडौँको विमानस्थल रातभरि चलाउनु र होल्डिङमा पनि बस्नु नपर्ने बताए ।
महानिर्देशक अधिकारीले विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको भन्दै ५० लाख यात्रु क्षमता निश्चित गर्दा निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने बताए । उनले विमानस्थलमा ५० लाख यात्रु क्षमता निश्चित गर्ने कुरा केही व्यवसायीहरूले कब्जामा राखेको उल्लेख गरे ।
महानिर्देशक अधिकारीले प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने बताए । उनले पाँच महिना पनि धैर्य गर्नसक्ने निजी क्षेत्र नदेखिएको बताए । विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरूको कटौती नभएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण