काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको बताए ।
_AkaZAStO0W.jpg)
यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी भएछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता रहेको थियो । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको जानकारी दिए ।
_ejbUnGLKRN.jpg)
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । “गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ,’ उनले भने ।
_n96CsrfJOo.jpg)
समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको थियो। दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा.रामप्रसाद यादव रहेका थिए । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो ।
_YRvCXbVt5f.jpg)
_DSDSylf6UJ.jpg)
_cVYqVwZO7E.jpg)
_CM8H7FTNgJ.jpg)
_x8ZpgVKzU1.jpg)
_rr6fj9izTL.jpg)
_t0QtwaJa4Y.jpg)
_v6vAAdPIDs.jpg)
_sU7Q7VMrJZ.jpg)
_93owF4MCo8.jpg)
_glLKoQiadu.jpg)
_Op1jDB2DdC.jpg)
_94mfFqt17y.jpg)
_SIG95X6E0j.jpg)
_LVTrQZuchy.jpg)
_H5I1bWSW2H.jpg)
_W2FZ8SkP9A.jpg)
_1fCmA32SWM.jpg)
_Rhawe3c1Tn.jpg)
_0dNsdWBfBv.jpg)
_98C8gKR2fM.jpg)
_eBilrfQoAl.jpg)
प्रतिक्रिया