अहिलेको सरकारलाई झुकाएरै छोड्छौँ : मेटमणि चौधरी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् ।
श्रमिकहरूको पक्षमा आफ्नो पार्टीले संसद् र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरूको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।
उनले भने, ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरूको लागि बनेको सरकार हो । तपाईँहरू फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसद्मा गर्छौँ, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईँहरूको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसद्भित्र प्राप्त हुनेछ । सरकारलाई कुनै पनि हालतमा दलालको पक्षमा, उद्योगीहरूको पक्षमा, पुँजीपतिको पक्षमा बनेको सरकारले कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ । इन्फर्मल च्यानलमा रहनुभएका श्रमिकलाई फर्मल च्यानलमा ल्याउन हाम्रो पार्टी तयार छ ।’
उनले श्रमिकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे । श्रमिकहरूले आफ्नो ठाउँबाट आन्दोलनको सुरुवात गर्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण