अहिलेको सरकारलाई झुकाएरै छोड्छौँ : मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् ।
श्रमिकहरूको पक्षमा आफ्नो पार्टीले संसद् र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरूको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।
उनले भने, ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरूको लागि बनेको सरकार हो । तपाईँहरू फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसद्मा गर्छौँ, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईँहरूको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसद्भित्र प्राप्त हुनेछ । सरकारलाई कुनै पनि हालतमा दलालको पक्षमा, उद्योगीहरूको पक्षमा, पुँजीपतिको पक्षमा बनेको सरकारले कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ । इन्फर्मल च्यानलमा रहनुभएका श्रमिकलाई फर्मल च्यानलमा ल्याउन हाम्रो पार्टी तयार छ ।’
उनले श्रमिकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे । श्रमिकहरूले आफ्नो ठाउँबाट आन्दोलनको सुरुवात गर्न आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला