छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । धादिङ गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका(३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३/००१ क ००६३ नम्बरको ट्रकमा बा।प्र।०३(०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि केएमसि अस्पताल सिनामंगल रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी, सत्यवती गाउँपालिका(२ पादिस्थित सडकमा रिडिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु।१ क ५४०० नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका(१ बुतुङ्दी बस्ने २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुर, उदयपुरगढी गाउँपालिका(७ अँधेरीस्थित सडकमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा।प्र।०१(००६ ख ५७४९ नम्बरको मिनी ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक सुनसरी इटहरी उपमहानगरपालिका(२ बस्ने २४ वर्षीय सुदिप राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रकमा सवार १ जनालाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण