सौराहामा हात्तीलाई वनभोज खुवाइयो
शनिबार, १३ पुस २०८१, १७ : २२
चितवन । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिवार वनभोज खुवाइएको हो ।
वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्ती महोत्सवमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताए ।
वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो । महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो ।
हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकहरूको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण