सौराहामा हात्तीलाई वनभोज खुवाइयो
शनिबार, १३ पुस २०८१, १७ : २२

चितवन । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जंगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिवार वनभोज खुवाइएको हो ।
वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्ती महोत्सवमा हात्ती मैत्री खेलका साथ साथै हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको संयोजक अर्यालले बताए ।
वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो । महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो ।
हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षण रहेको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चितवनमा पर्यटकहरूको बसाई लम्बाउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि