कविशिरोमणिको १४१ औँ जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता
पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हासिल गरिन् ।
प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्वितीय स्थान हासिल गरिन् भने डायमन्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हासिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हासिल गरेका संयोजक सुन्दर ढकालले बताएका छन् ।
विजेताहरूलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले बताए ।
उक्त अवसरमा कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल,निर्णायक ऋषिकेश बराल, लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा निर्णायकहरू ऋषिकेश बराल,लोकचन्द्र खनाल र सुरेश मानन्धर रहेका थिए । १५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारहरू वितरण गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण