प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो २–२ लिटर पेट्रोल
पर्सा । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् ।
आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको जनाइएको छ । कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन ओली आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।
यही कार्यक्रममा ठुलो सहभागिता देखाउनको लागि गाउँगाउँमा तेलको कुपन बाँडिएको कार्यक्रममा सहभागी हुन लागेको एक एमाले कार्यकर्ताले बताए । प्रत्येक पालिकामा यसरी कुपन बाँडिएको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ ।नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।
तर प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आफूहरूले कुनै किसिमको तेलको कुपन नबाँडेको बताए । उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन् । मन्त्री जैसवालका भाइलाई एमालेमा प्रवेश गराउन प्रधानमन्त्री ओली पर्सा आउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण