मध्यपुरले संस्कृतिलाई नासिन दिने छैन : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति संरक्षणमा मध्यपुरथिमि नगरपालिकाको योगदानको प्रशंसा गरेका छन् । आइतबार मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मध्यपुरथिमिले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गरेको काम उत्कृष्ट रहेको भन्दै यसले संस्कृति कहिल्यै नासिन नदिने विश्वास व्यक्त गरे ।
महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देशभरि गरिने महोत्सवहरूले पनि यो महोत्सवबाट सिक्नु पर्ने बताए । भौगोलिक रूपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको उनको भनाइ थियो ।
महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालयको रूपमा रहेको समेत मन्त्री पाण्डेले उल्लेख गरे । संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको उनको भनाइ थियो ।
तीन दिनसम्म सञ्चालन भएको महोत्सव पाँच लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन मात्र प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण