कुकुरको टोकाइबाट ५ जना घाइते
सोमबार, १५ पुस २०८१, १० : १२
सिरहा । सिरहाको गोलबजारमा भुस्याहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा झुस्याहा कुकुरको टोकाइबाट ५० वर्षीय सुधराम मण्डल, ६० वर्षीय देविका राम, ४५ वर्षीय कपलेशरी देवी मण्डल, २३ वर्षीय विजय मण्डल र एक १६ वर्षिया बालिका, घाइते भएका हुन्।
गाउँ घर आँगनमै बसिरहेको अवस्थामा गत बिहीबार एउटै कुकुरले पाँच जनालाई पालैपाटो झम्टेर टोकेको स्थानीय रामदेव यादवले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भइरहेको छ।
भुस्याहा कुकुरहरुले चरनमा रहेका १० वटा बाख्रा र बाख्राका पाठा पाठीसमेत खाइदिएको स्थानीयले जानकारी दिए। कुकुरले प्रदीप मण्डल, नागेर मण्डलसहित व्यक्तिहरूको १० वटा बाख्रा मारेर खाएको बताए। कुकुरको आक्रमणपछि स्थानीय त्रसित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण