विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध
बाकु । हालै काजकस्तानमा भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अनुरोध गरेका छन् । क्रिसमसको दिनमा काजकस्तानको अकताउमा ३८ जनाको ज्यान जाने गरी सो विमान दुर्घटना भएको थियो ।
बाकुबाट रुसको चेचन्या क्षेत्रका लागि उडेको विमान रुसको हवाई क्षेत्रभित्र रुसी हवाई रक्षा प्रणालीले प्रहार गरेको मिसाइलको चपेटामा आएको ठानिएको छ । शनिवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनाको मामिलामा अजरबैजानी राष्ट्रपतिसँग माफी पनि मागेका थिए । तर यस क्रममा उनले दुर्घटनाको जिम्मा भने लिएका थिएनन् ।
दुर्घटनामा रुसी संलग्नताबारे सुरुमा ढाकछोप गरेको आरोप अलियेभको छ । रुसले आफ्नो दोष मानेर क्षतिपूर्ति दिनु पर्नेमा उनले जोड दिएका छन् । विमानमा सवार ६७ जनामध्ये २९ जना बाँच्न सफल भएका थिए ।
इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपीएस प्रभावित भएको अनि रुसी हवाई रक्षा मिसाइल लागेर विमानमा क्षति पुगेको अनि दुर्घटनामा परेको उड्डयन विज्ञ र अन्यले भनिरहेका छन् ।
शुक्रवार दुर्घटनाको सन्दर्भमा अजरबैजानले रुससँग कयौँ माग राखेको तर यसमध्ये अहिलेसम्म माफी मात्रै पूरा भएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण