एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत
सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।
सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको र्यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।
कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए ।
उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो । आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपिएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण