युद्धरत रुस र युक्रेनबीच सयौँ युद्धबन्दीहरु आदानप्रदान
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को मध्यस्ततामा भएको एक सम्झौता अनुरुप रुस र युक्रेनले सयौँ युद्धवन्दीहरु साटासाट एवं आदानप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको छ । उता, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले १८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘‘‘रिहा गरेकाहरुमा अजोवस्टल र मारियुपोलका रक्षक’’, चेरनोबिल परमाणु ऊर्जा सयन्त्र र स्नेक आइल्याण्ड संलग्न छन् ।’ यस दौरान उत्तरी युक्रेनको एक अस्पतालबाहिर उनीहरुका आफन्त कठ्याङ्ग्रींदो चिसोमा प्रतिक्षा गरिरहेका तस्विरहरु बाहिरिएका छन् । सन् २०२२ मामारियुपोल सहरमा सुरक्षा दिँदा दिँदै पक्राउ परेका लेलेक्जेण्डरकी पत्नी अलीनाले आँशु खसाल्दै भनिन्, ‘यो प्रतिक्षा निकै कठिन छ । म केबल उसलाई देख्न चाहन्छु ।’
रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ । रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले पोष्ट गरेको एक भिडियोमा सैनिकहरुलाई सैन्य तथा आपतकालीन कपडामा कोचोंका अगाडि जम्मा भएको देखिएको भन्दै बीबीसीले समाचार लेखेको छ ।
मानवअधिकार आयुक्त मोस्काल्कोवाले सन्देश दिँदै, ‘चाँडै नै हाम्रा आफ्नाहरु आफ्नो परिवार तथा साथीभाइसँग अङकमाल गर्ने छन् । र आफ्नो जन्मभूमिमा नयाँ वर्षको खुसीयाली साट्ने छन्’ भनी उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण