चेल्सीको ओरालो यात्रा जारी, फेरि कमजोर टोलीसँग पराजित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी फेरि पराजित भएको छ । सोमबार राती भएको खेलमा चेल्सी इप्सविच टाउनसँग २-० ले पराजित भएको हो । चेल्सीको यो लागातार दोस्रो हार हो । यसअघि चेल्सी शुक्रबार फुल हमसँग २-१ ले हारेको थियो ।
इप्सविचको घरेलु मैदानमा भएको खेलमा फेलिक्स ले गरेको एउटा प्रहार पनि भीएआरले मान्यता नदिएपछि चेल्सी झन् गोल विहिन बन्यो । अघिल्लो खेलमा कमसे कम एक गोल फर्काएको थियो । रेलिगेशन जोनमा रहेको इप्सविचका लागि देलाप र हचिंसनले एक-एक गोल गरे ।
दोस्रो स्थानमा पुसिकेको चेल्सी लगातारका दुई हारले चौथो स्थानमा झरेको छ भने शीर्ष स्थानको लिभरपुलसँग १० अंकको दुरी कायम भएको छ । शीर्ष स्थानको लिभरपुलको १८ खेलबाट ४५ अंक हुँदा चेल्सीको १९ खेलबाट ३५ अंक मात्रै छ । सोमबार रातीको सेड्युलको पहिलो खेलमा एभर्टनन र ब्राइटनले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण