फिल्म ‘११ः५५’ चैत्र ८ मा प्रदर्शन हुने

काठमाडौँ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फष्टलुक्स पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् । फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । उनको या डेव्यु फिल्म हो ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको छ । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा