बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक
बुधबार, १७ पुस २०८१, ११ : ५३
१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको छ ।
बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपछि राष्ट्र बैंकले यस्ता मौद्रिक उपायमार्फत तरलता खिच्ने गर्छ ।
आज बोलकबोल आह्वान गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ ।
उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण