नयाँ वर्षको दिन नरसंहार, छोराले बुवासँग मिलेर परिवारका ५ जनाको हत्या गरे, भिडियो बनाए
लखनउ । लखनउको नाका थाना क्षेत्रको एक होटलमा भएको नरसंहारको खबरले सबैलाई स्तब्ध बनाएको छ । आगराका एक युवक मोहम्मद असदले आफ्नी आमा र चार बहिनीको निर्ममतापूर्वक हत्या गरेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्राप्त जानकारी अनुसार होटलको कोठामा परिवार बसेको थियो । अभियुक्तले भिडियो बनाएर आफ्नो बयान दिँदै आफूले बुबासँग मिलेर आमा र चार बहिनीको हत्या गरेको बताएका छन् । आमा र दुई दिदीहरूको घाँटी रेटिएको छ भने दुई बहिनीहरूको बुवासँग मिलेर घाँटी थिचेर हत्या गरिएको छ ।
अभियुक्तका बाबु अझै फेला परेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बुधबार बिहान सूचना पाएपछि प्रहरी टोली तुरुन्त घटनास्थल पुगेको थियो । घटनापछि अभियुक्त मोहम्मद असद भागेका थिएनन् । उनलाई त्यहाँबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । जानकारीका अनुसार उनका भाइ र बुबा ३० डिसेम्बरमा यस होटलमा आएका थिए । दुवैको अवस्थाबारे अनुसन्धान भइरहेको छ । डीसीपी रविनाले घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको बताइन् । अभियुक्तले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ ?
फिल्ड युनिटलाई बोलाएर प्रमाण सङ्कलन भइरहेको छ । यस सम्बन्धमा विस्तृत अनुसन्धान र थप कानुनी कारबाही भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण