च्याउ किन खाने ?
काठमाडौँ । पोषक तत्त्व पाइने भएकाले च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । च्याउ विभिन्न प्रकारका पौष्टिक गुणले भरिपूर्ण छ । च्याउबाट प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । च्याउबाट अत्यधिक मात्रमा फाइबर, प्रोटिन, भिटामिन डी, भिटामिन बी लगायत तत्त्वहरू पाउन सकिन्छ । तरकारीका रूपमा यसको उपभोग छँदै छ । पछिल्लो समय च्याउको पकौडा, सुप, फ्राई, साँधेकोदेखि मःमः समेत बनाउन थालिएको छ । यस्ता विभिन्न परिकार बनाएर खाना मिल्ने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ ।
पोषणविद् सन्जिला श्रेष्ठ च्याउ फाइबरको स्रोतको पहिलो नम्बरमा पर्ने बताउँछिन् । ‘अन्य तरकारीको तुलनामा यसमा धेरै फाइबर हुन्छ । १०० ग्राम च्याउबाट ३.६ ग्राम प्रोटिन पाउन सकिन्छ,’ उनले भनिन्, ‘प्रोटिनको स्रोत पनि भयो । भिटामिनहरू पनि प्रशस्त मात्रमा पाइन्छ ।’
-001_VXXJANp2VC.jpg)
च्याउमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउने, भिटामिन बीको कमी पूरा गर्ने काम गर्दछ । श्रेष्ठको भनाइमा च्याउ प्रायः सबै उमेरकाले खान मिल्छ तर किड्नीको समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खान उपयुक्त हुन्छ । श्रेष्ठ भन्छिन्, ‘किड्नीका समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खानुपर्छ । बाँकी सबैले च्याउ खान सक्छन् ।’
च्याउमा प्रोटिनको मात्रा राम्रो हुन्छ, जसले मांसपेशी निर्माण र मर्मतमा मद्दत पुर्याउँछ । शाकाहारी व्यक्तिहरूका लागि यो प्रोटिनको राम्रो स्रोत मानिन्छ ।
उनका अनुसार च्याउमा सेलेनियम हुन्छ । च्याउ एन्टी अक्सिडेन्टको राम्रो स्रोत हो, जसले शरीरलाई रोगसँग लड्न मद्दत गर्छ । यसका साथै पोटासियम मात्रपनि प्राप्त गर्न सकिन्छ । यसले रक्तचाप नियन्त्रण र मांसपेशीहरूको कार्य सुधार गर्न मद्दत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण