बीवाईडीको कार बिक्री बढ्यो
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीको कार विक्री बढेको छ । वर्षको अन्त्यतिर कम्पनीको विक्री बढेको हो । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग विश्वको सबैभन्दा धेरै विद्युतीय कार बेच्ने कम्पनी बन्ने प्रतिस्पर्धा चर्किरहेको समयमा कम्पनीको विक्री बढेको हो ।
डिसेम्बर महिनामा मात्रै बीवाईडीले २ लाख ७ हजार ७३४ थान कार बेचेको छ । योसँगै २०२४ भरिको विक्री १७ लाख ६० हजार थानमा उक्लिएको छ । सहुलियत र छूटका अफरहरूका कारण गएको वर्ष कम्पनीको विक्री बढेको हो । टेस्लाले बिहीबार अबेर आफ्नो विक्री तथ्याङ्क सार्वजनिक गर्दैछ । अघिल्ला त्रैमासहरूमा विक्रीमा टेस्लाले बीवाईडीलाई उछिनेको थियो ।
तर दुई बिचको अन्तर खासै धेरै भने छैन । २०२४ मा बीवाईडीको कूल विक्री अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढेको छ । घरेलु बजारमा कारको विक्रीमा भइरहेको वृद्धि र मूल्य घटाउने प्रतिस्पर्धा अनि पुराना कारलाई विद्युतीय वा कम इन्धन खपत गर्ने कारले विस्थापित गर्न सरकारले उपभोक्ताहरूलाई दिएको सहुलियतका कारण पनि कम्पनीलाई लाभ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण