संविधान संशोधनलाई कांग्रेस–एमालेले सत्ता प्राप्तिको बहाना बनायो : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।
‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसलाई कार्यान्वयन गर्नु रहेको छ । यदि साँच्चिकै एक दशक भइसक्यो । अब संविधान संशोधन हुनुपर्छ भन्ने उहाँको चाहना हो भने अब नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिमा संविधान संशोधन हुन सक्दैन’, सापकोटाले भने ।
उनले संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकारका लागि अझ विकास र विस्तार गर्नका लागि आवश्यक भएको बताए । तर अहिलेको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म अनुसार कार्यान्वयनको आवश्यकता त्यसमा दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
‘संविधानको मर्म र भावना जसरी कार्यान्वयन गरिनुपर्थ्यो, इमानदारीपूर्वकता पालना गर्नुपर्थ्यो त्यो भएको देखिएन । पहिलो र दोस्रो ठुलो दल मिलेर अप्राकृतिक सरकार बनाउने काम भइरहेको छ । यो ठिक छैन’, उनले भने ।
बैठकमा प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थित गम्भीर रहेको, शक्ति राष्ट्रबिच टकराब बढ्दै गएको देशको स्थिति पनि गम्भीर देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण