तयार भयो प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन
बिहीबार, १८ पुस २०८१, १५ : ५६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन तयार भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक दस्ताबेज पेस गर्ने भएका हुन् ।
जुन प्रतिवेदन बिहीबार बसेको स्थायी समिति बैठकले पारित गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको बताए ।
यस्तै उनले केन्द्रीय समितिमा आगामी कार्ययोजना, कार्य विभाजन, सांगठनिक, सांस्कृतिक लगायत विविध प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
-
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
-
बेनी–जोमसोम–कोरला सडक खण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति