तयार भयो प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन
बिहीबार, १८ पुस २०८१, १५ : ५६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन तयार भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक दस्ताबेज पेस गर्ने भएका हुन् ।
जुन प्रतिवेदन बिहीबार बसेको स्थायी समिति बैठकले पारित गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको बताए ।
यस्तै उनले केन्द्रीय समितिमा आगामी कार्ययोजना, कार्य विभाजन, सांगठनिक, सांस्कृतिक लगायत विविध प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण