ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा के छ ?
काठमाडौँ । नेकपा एमालेले देशभित्र अराजकता बढ्दै भएको निष्कर्ष निकालेको छ । एमालेले केन्द्रीय समिति बैठकमा पेस गर्न तयार रहेको राजनीतिक प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पछिल्लो अराजकता बढ्दै गएको र मुलुकलाई अस्थिरतातर्फ धकेल्न समेत प्रयासहरू भएको सन्दर्भमा पार्टीले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रतिवेदनमा उल्लेख भएको बताए ।
‘राष्ट्रिय राजनीतिको विभिन्न प्रवृत्तिहरू, खासगरी पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातर्फ धकेल्न गरिएका प्रयासहरूको पृष्ठभूमिमा अब हामी कसरी अघि बढ्नुपर्छ भन्नेबारेमा कामको रेखाङ्कन प्रतिवेदनमा गरेका छौँ’, ज्ञवालीले भने ।
उनले बिहीबारको सचिवालय बैठकबाट प्रतिवेदन पारित भएको जानकारी दिँदै प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको जानकारी दिए । सचिवालयबाट पारित भएअनुसार पुस २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओलीले प्रतिवेदन पेस गर्ने उनको भनाइ छ ।
प्रतिवेदनमा सरकारको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको योजना पनि बनाइएको छ । उनले भने, ‘सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ र त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्त्वपूर्ण कामहरू भएको र थुप्रै कामहरूचाहिँ गर्न बाँकी रहेको भएको हुनाले ती बाँकी रहेका कामहरूलाई छिटो सम्पन्न गर्न, खासगरी डेलिभरीको पाटोमा, अर्थतन्त्रलाई चलायमान र अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेका हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुपर्यो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको उनको भनाइ छ । ‘यसको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू के हुन् भन्नेबारे समेत प्रतिवेदनमा विश्लेषण गरेका छौँ’, उनले भने । यस्तै प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषण गरिएको बताए ।
असार १७ मा भएको कांग्रेस र एमाले सहमति अनुसार सरकार गठन भएपछि एमालेको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण