मदन भण्डारी र हुलाकी राजमार्ग केन्द्रित ६ महिने अभियान चलाउने माओवादी निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।
‘देशलाई गम्भीर संकटबाट बचाउन दुईवटा अभियान चलाउनुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ’, प्रचण्डको भनाई उधृत गर्दै सापकोटाले भने, ‘एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिना जनतामा गएर के चाहेका छन् ?के खोजेका छन् ? यी समग्र कुराको अध्ययनसहित सिक्ने सिकाउने र रुपान्तरणको प्रक्रियामा जानुपर्छ ।’ उनले अग्रगामी कार्यदिशासहित जनतालाई सुसूचित गर्नुपर्ने र समेट्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी गराए ।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए । साथै बैठकमा पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार जाने र देश गम्भीर संकटमा पर्ने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण