प्रदेश सरकारले मानवलाई सडकमा आउन नपर्ने गरी भूमिका खेल्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्ने गरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । दाङ जिल्लाको राप्ती गाउँपालिका–८ मिलन डाँडामा निल सागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गर्दै उनले यस खाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए। संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए ।
‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामीले त्यो जिम्मेवारी निर्वाह गर्छौँ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ।’
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए । कानुनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरूलाई अघि बढाउन जरुरी रहेकोमा उनको जोड थियो।
त्यस्तै सामाजिक विकास मन्त्री जन्म जय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताए। प्रदेश सभा सदस्य इन्द्र जीत थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी राज्यको भएको बताए ।
यता निल सागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाका लागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर