चिटफन्ड घोटालामा शुभमन गिलसहित चार क्रिकेटरको नाम
काठमाडौँ । चार सय ५० करोड भारतीय रुपैयाँको चिटफन्ड घोटाला काण्डमा भारतका चर्चित क्रिकेटरहरुको नाम पनि मुछिएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार, सोही विषयलाई लिएर प्रहरीले केही क्रिकेटरलाई सोधपुछका लागि बोलाएको छ ।
गुजरात सीआईडीले चिटफन्ड घोटाला काण्ड सार्वजनिक गरेको हो । उक्त काण्डमा भारतीय क्रिकेटर शुभमन गिल, राहुल तेवतिया, मोहित शर्मा र बी. साई सुदर्शनको नाम जोडिएको हो । उनीहरुलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
अनुशन्धानका क्रममा भुपेन्दैसिंह झालाले यी क्रिकेटरको नाम लिएका हुन् । झाला बीजेड समूहका मालिक हुन् । झालाले यी खेलाडीमार्फत लगानी गरिएको रकम हालसम्म फिर्ता नआएको बयान प्रहरीलाई दिएका हुन् ।
प्रहरी अनुशन्धानमा खुले अनुशार, इन्डियन प्रिमियर लिग टिम गुजरात टाइटन्सका कप्तान शुभमन गिलले एक करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए । अन्य क्रिकेटरले भने योभन्दा कम रकम लगानी गरेका थिए । प्रहरीका अनुसार, चिटफन्ड घोटालामा दोषी पाइएमा यी क्रिकेटरलाई पनि सजाय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण