बीबीएल : जब दुई खेलाडी एक-आपसमा टकराए
पर्थ । क्रिकेटको मैदानमा दुई टोलीबिचको कडा प्रतिस्पर्धा हामी सबैले हरेक दिन देख्छौँ तर शुक्रबार पर्थमा दुई खेलाडीबिच घातक टक्कर भएको छ । ड्यानियल साम र क्यामरुन ब्यानक्रफ्टबिचको टक्कर यति गम्भीर थियो कि उनीहरूलाई तत्काल अस्पताल लैजानुपरेको थियो। दुवैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
बिग ब्यास लिगमा सिड्नी थन्डर्स र पर्थ स्कोर्चरबिचको खेलमा ड्यानियल साम र क्यामरुन ब्यानक्रफ्ट एक आपसमा ठोक्किएका हुन् । पर्थ स्कर्चरको टोली ब्याटिङ गरिरहेको बेला क्याच लिन खोज्दा दुई खेलाडी टकराए ।
यो दुर्घटना १६ औँ ओभरमा भएको हो । यसपछि खेल केही समयका लागि रोकिएको थियो । साम र ब्यानक्रफ्टको अवस्था नाजुक देखेर तत्कालै अस्पताल लगिएको थियो । बिग ब्यास लिगले दुवैको अवस्था खतरामुक्त रहेको सामाजिक सञ्जालमा जानकारी दिएको छ ।
पर्थ स्कोर्चरको इनिङ्सको १६ औँ ओभरमा दक्षिण अफ्रिकाका लोकी फर्गुसनले बलिङ गरेका थिए । ओभरको दोस्रो बल कुपर कोनोलीले मिडविकेटमा प्रहार गरे । बल हावामा गयो र यसलाई क्याच गर्न साम र ब्यानक्रफ्ट आमनेसामने दौडे। दुवैको नजर बलमा थियो र अर्को फिल्डरले पनि क्याच लिन खोजेको देख्न सकेनन् । जसका कारण दुवै खेलाडी नराम्ररी भिड्न पुगे ।
समाचारका अनुसार ब्यानक्रफ्टको नाक र कुम भाँचिएकाले उनले बीबीएलको बाँकी सिजन खेल्ने छैनन् । ड्यानियल साम पनि १२ दिन मैदान बाहिर नै रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण