बीबीएल : जब दुई खेलाडी एक-आपसमा टकराए

पर्थ । क्रिकेटको मैदानमा दुई टोलीबिचको कडा प्रतिस्पर्धा हामी सबैले हरेक दिन देख्छौँ तर शुक्रबार पर्थमा दुई खेलाडीबिच घातक टक्कर भएको छ । ड्यानियल साम र क्यामरुन ब्यानक्रफ्टबिचको टक्कर यति गम्भीर थियो कि उनीहरूलाई तत्काल अस्पताल लैजानुपरेको थियो। दुवैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
बिग ब्यास लिगमा सिड्नी थन्डर्स र पर्थ स्कोर्चरबिचको खेलमा ड्यानियल साम र क्यामरुन ब्यानक्रफ्ट एक आपसमा ठोक्किएका हुन् । पर्थ स्कर्चरको टोली ब्याटिङ गरिरहेको बेला क्याच लिन खोज्दा दुई खेलाडी टकराए ।
यो दुर्घटना १६ औँ ओभरमा भएको हो । यसपछि खेल केही समयका लागि रोकिएको थियो । साम र ब्यानक्रफ्टको अवस्था नाजुक देखेर तत्कालै अस्पताल लगिएको थियो । बिग ब्यास लिगले दुवैको अवस्था खतरामुक्त रहेको सामाजिक सञ्जालमा जानकारी दिएको छ ।
पर्थ स्कोर्चरको इनिङ्सको १६ औँ ओभरमा दक्षिण अफ्रिकाका लोकी फर्गुसनले बलिङ गरेका थिए । ओभरको दोस्रो बल कुपर कोनोलीले मिडविकेटमा प्रहार गरे । बल हावामा गयो र यसलाई क्याच गर्न साम र ब्यानक्रफ्ट आमनेसामने दौडे। दुवैको नजर बलमा थियो र अर्को फिल्डरले पनि क्याच लिन खोजेको देख्न सकेनन् । जसका कारण दुवै खेलाडी नराम्ररी भिड्न पुगे ।
समाचारका अनुसार ब्यानक्रफ्टको नाक र कुम भाँचिएकाले उनले बीबीएलको बाँकी सिजन खेल्ने छैनन् । ड्यानियल साम पनि १२ दिन मैदान बाहिर नै रहनेछन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला