अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रुसको दाबी
मस्को । रुसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटीएसीएमएस) क्षेप्यास्त्र खसालेको दाबी गरेको छ । रुसविरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।
निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिएका थिए । रुसी रक्षा मन्त्रालयले भनेको छ, “रुसी हवाई सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।
मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्ग किलोमिटर (१,५४० वर्ग माइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्रप्त गरेको विश्वस्त तथ्याङ्कले देखाएको छ ।
दुवै पक्षले एक अर्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रुसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण