यो ज्वालामुखीले घटाएको थियो विश्वको तापमान
टोकियो । ज्वालामुखीलाई जहिले पनि पृथ्वीको लागि खतराको घण्टी भनिन्छ । यसलाई सम्भावित ठुलो प्रकोपको संकेत पनि मानिन्छ ।
यस्तोमा वैज्ञानिकहरूका लागि पृथ्वीको हरेक कुनामा रहेको ज्वालामुखीबारे जान्नु निकै जरुरी छ । यही खोजका क्रममा वैज्ञानिकहरूले १९ औँ शताब्दीको रहस्यमय, सबैभन्दा शक्तिशाली र खतरनाक ज्वालामुखी पत्ता लगाएका छन् ।
यो ज्वालामुखीको असर यस्तो थियो कि ज्वालामुखी विस्फोट भएको वर्ष सारा पृथ्वीको तापमान १ डिग्री सेल्सियसले कम भएको थियो । वैज्ञानिकहरू यस ज्वालामुखी विस्फोटको इतिहासबारे सचेत थिए । तर विस्फोट कहाँ भएको थियो भन्ने थाहा थिएन । तर अब भने उनीहरूले झन्डै दुई सय वर्ष पुरानो यो ज्वालामुखी पत्ता लगाएका छन् ।
कहाँ छ यो रहस्यमय ज्वालामुखी ?
यो ज्वालामुखी अहिलेको जापान र रुसको बिचमा रहेको उत्तर प्रशान्त महासागरको कुरिल टापुको सुमिशिर टापुमा भेटिएको छ । चाख लाग्दो कुरा के छ भने यो ज्वालामुखीका कारण उत्तरी गोलार्धको तापक्रम एक डिग्रीले घटेको थियो । पृथ्वीलाई चिसो पारेको यो ज्वालामुखी सन् १८३१ मा विस्फोट भएको पत्ता लागेको छ ।
प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित यस अनुसन्धानमा वैज्ञानिकहरूले सन् १८३१ मा उत्तरपश्चिम प्रशान्त महासागरमा विस्फोट भएको शक्तिशाली ज्वालामुखीको सही स्थान पत्ता लगाएका छन् । यो रहस्यमयी ज्वालामुखीको नाम जाभारित्स्की हो । यस ठाउँलाई लिएर रुस र जापानबिच लामो समयदेखि विवाद भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण