जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति घोषणा हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन नगर्ने भएको छ । पार्टीको आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा नजाने बरु यही बैठकबाट महाधिवेशनको मिति घोषणा गरेर अघि बढिने बताएको एक नेताले बताए ।
पार्टीभित्र विशेष महाधिवेशनको माग भइरहेको बेला प्रचण्डले भने महाधिवेशनमा जाने प्रस्ताव बैठकमा पेस गरेका हुन् । ‘महाधिवेशनको मिति यही केन्द्रीय समितिको बैठकले कहिले गर्ने भन्नेबरो निर्णय गर्छ’, प्रचण्डले भने, ‘ त्यसपछि कमिटीलाई आयोजक समितिमा रूपान्तरण गर्ने कि के गर्ने भन्नबारे पनि यही बैठकले निष्कर्ष निकाल्छ ।’ तर आयोजक समिति बनाउँदा बढी व्यवहारिक हुन्छ भन्ने आफूलाई लागेको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले पार्टीका नेता कार्यकर्ता पुँजीवादी यात्रातर्फ अग्रसर भएको जस्तो देखिएको उल्लेख गर्दै यसलाई सच्याउन जरुरी रहेको निष्कर्ष समेत बैठकमा सुनाएको ती नेताको भनाइ छ ।
‘हामी दायाँतर्फ गइराखेको, अलि दक्षिणपन्थीको यात्राबाट यो पार्टीलाई वामपन्थतिर या पुँजीवादी यात्रातर्फ अघि बढ्न खोजेकोलाई समाजवादी यात्रातर्फ फर्काउने जमर्को नै प्रस्तावको सार हो भनेर बुझ्नुहोला’, प्रचण्डले आफ्नो निष्कर्ष सुनाउँदै भने ।
उनले आफ्नो प्रस्तावबारे सोमबार छलफल अघि बढाइने र सबै केन्द्रीय सदस्यलाई सटिक रूपमा आफ्नो कुरा राख्न समेत निर्देशन दिएका छन् । बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण