प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर
मोरङ । ‘एसियन हाइवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धुवाँ, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको जनाइएको छ ।
स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माण कम्पनीले प्लान्ट स्थापना गरेर हाइवे निर्माणको काम सुरु गरेको छ । स्थानीयसँगको सहकार्यबिना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेका हुन । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धुलो र धुवाँ पसी बाली नष्ट भएको स्थानीय भीम मगर बताउँछन् ।
प्लान्टबाट निस्किएको दूषित पानी र धुलो धुवाँका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उनको भनाइ छ । बस्तीभित्र रहेको प्लान्टका उपकरण र औजारबाट रातको समयमा ध्वनि प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण तथा एसियन हाइवे निर्माणमा खटिएका कर्मचारी र श्रमिकका लागि बनेको शौचालयले गाउँवासीलाई समस्या स्थानीय युवा जनक पोख्रेलले बताउँछन् ।
अझ उक्त स्थानमा प्लान्टसँगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भएपछि जिरी खिम्तीबासीमा गाउँवासीमा समस्या भएको जनाइएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृषि बालीसँग टाँसेर बनेको छ ।
यसका कारण समुदायमा प्रदूषण बढेर समस्या भएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाको भनाइ छ । नगरले पटक–पटक स्थानीयको रायसहित प्लान्ट सञ्चालन गर्न मौखिक जानकारी गराए पनि कम्पनीले बेवास्ता गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण