कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमि अतिक्रमणबारे गृहमन्त्रीसँग जवाफ माग

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीय पक्षले उपभोग गरेको विषयमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिमा परेका उजुरीमाथिको छलफलको सुरुमै पन्तले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
समितिका सदस्य समेत रहेका एमाले सांसद पन्तले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मामा ल्याउन पहल भइरहेको छ कि छैन ? यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस्’, पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, ‘हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस् । हाम्रो भूमिको रक्षा सरकारले गरोस् ।’
पन्तलाई जवाफ दिँदै गृहमन्त्री लेखकले त्यसबारे सरकारको ध्यानाकर्षण भएको बताए । ‘हाम्रो जमिन भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकार जानकार छ । हामी यो विषयमा गम्भीर छौँ । छलफल गरेका छौँ’, लेखकको भनाइ छ ।
उनले नेपालको भूमिमा भारतीयले खेतीपाती गरेको जानकारीमा आएको भन्दै त्यहाँ एउटा पिलर राख्नुपर्ने आवश्यकता रहेको बताए ।
‘दुवै देशको सहमति चाहिने भएकाले कूटनैतिक छलफल गरिरहेका छौँ । यस्ता पिलर राख्न संयन्त्र पनि छ, त्यसले पनि काम गरिरहेको छ’, लेखकले भने,‘नेपालको भूमि र सीमा रक्षा गर्न सरकार कटिबद्ध छ । भारतीय नागरिकले जमिन भोगचलन गर्न विषय समाधान गर्न सरकार कूटनैतिक पहल गर्न तत्पर छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता