पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले आयोग गठन गर्ने प्रस्ताव गरेको एक नेताले रातोपाटीलाई बताए ।
शर्माले नयाँ क्रान्तिकारीतर्फ अगाडि बढ्ने गरी प्रचण्डको प्रतिवेदन आएकाले समर्थन गरेका छन् । प्रतिवेदन वर्गप्रति फर्कन खोजिएको पाटो सकारात्मक भएको उनको टिप्पणी रहेको छ । यस्तै उनले जनताको भावनाप्रति उत्तरदायी हुनुपर्ने र संविधान निर्माणपछि कहाँ अलमलियौँ समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।
‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । हल्लाबाट मुक्त होऔँ । अध्यक्षलाई हटाउन होइन । बहस सिर्जना होस भनेर गत बैठकमा आएको व्यक्तिगत धारणा हो । आजको दिनसम्म पुँजीवादकै दलदलमा फसेका छौँ । संविधान निर्माणपछि हामी कहाँ अलमलियौँ समीक्षा गर्नुपर्छ’, शर्माको भनाई उदृद्ध गर्दै ती नेताले भने । यस्तै उनले पार्टी निर्माणका चार आधार पनि दिएका छन् । त्यसका लागि माओवादी धारसँग एकता, दलित महिलाहरूको प्रतिनिधित्व, युवाहरूलाई अवसर र विचारको संश्लेषण रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण