प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित
काठमाडौँ । मंगलबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसेको छ । प्राधिकरणको वित्तीय विवरण पारित गर्न बसेको बैठकले औपचारिक निर्णय भने केही गर्न सकेन ।
सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का नै आजको बैठकमा उपस्थित नभएपछि बैठक निर्णयविहीन भएको हो । बैठकमा ऊर्जासचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि अनुपस्थित रहे ।
यसैगरी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने भरतराज आचार्य पनि मंगलबारको बैठकमा सहभागी भएनन् ।
सञ्चालक समितिका अध्यक्ष, दुई सचिव र निजी क्षेत्रको प्रतिनिधि सहभागी नभए पनि मंगलबार सञ्चालक समितिको बैठक बस्यो । ८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा मंगलबार चार जना मात्रै उपस्थित थिए ।
औपचारिकता नपाए पनि पुसभित्र प्राधिकरणको वित्तीय विवरण पारित गरेर महालेखा परीक्षकको कार्यालयमा पठाउनुपर्ने र कर तिरिसक्नु पर्ने भएकाले बैठक बसेको प्राधिकरण स्रोतले बताएको छ । जसअनुसार उपस्थित सदस्यहरूले वित्तीय विवरणको माइन्युटमा हस्ताक्षर गरेका छन् । बैठकमा सहभागी एक सदस्यका अनुसार ऊर्जामन्त्री खड्का र ऊर्जा सचिवको हस्ताक्षरका लागि माइन्युट मन्त्रालयमै पठाइएको छ ।
प्राधिकरणले सञ्चालक समितिबाट पुसभित्र वित्तीय विवरण पारित गरेर महालेखामा विवरण बुझाउनुपर्छ । उक्त विवरण महालेखाले स्वीकृत गरेपछि प्राधिकरणले कर बुझाउन पाउँछ । पुस मसान्तभित्र कर नतिरे प्राधिकरणले ०.०१ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा प्राधिकरणको मुनाफा १४ अर्ब ८० करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण