असोजमा विशेष महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अगामी असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी भदौमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शर्माले विधान अनुकूल बनाउन पनि विशेष महाधिवेशन आवश्यक भएको धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘हामीले समाजवादी क्रान्तिमा जान विभिन्न बाटाहरू खोल्नुपर्ने छ । पार्टीले थाल्ने लोकमार्ग अभियान प्रभावकारी बनाउनुपर्ने छ । जेठको आसपासमा सरकारले ल्याउने नीति तथा कार्यक्रममा जुट्नुपर्ने । असार साउनमा दस्ताबेज बनाउन समय पुग्नेछ । असोजको आसपासमा विशेष महाधिवेशन गर्नेगरी मिति अहिले नै घोषणा गरौँ । केन्द्रीय समिति बैठकलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरौँ’, शर्माको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।
यस्तै आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण