लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
बुधबार, २४ पुस २०८१, ०७ : २३
लस एन्जलिस । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थानमा निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।
केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।
क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण